काठमाडौँ : सन्त निरंकारी मण्डल नेपालले आज एकैदिन एक हजार २६७ पिन्ट रगत सङ्कलन गरेको छ । मानव एकता दिवसको अवसरमा आज देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरी उक्त परिमाणमा रगत सङ्कलन गरिएको मण्डलका सचिव अनिल महर्जनले जानकारी दिए ।त्यस क्रममा काठमाडौँमा ११८, जनकपुरधाममा १२७, सुर्खेतमा १०९, बयरघारी स्याङ्जामा ८२, नेपालगन्जमा ८५, डडेलधुरामा दुई, कञ्चनपुरमा ३६, दाङको गङ्गापरस्पुरमा २२, तुल्सीपुरमा ५५ र रोल्पामा ४४ पिन्ट सङ्कलन गरिएको छ । यस्तै, धरानमा ३२, पसौनीभाठा पर्सामा ५५, बुटवल रुपन्देहीमा २५, मलङगवा सर्लाहीमा ३५, वालापुर कपिलवस्तुमा ३५, सिरहामा ४०, सप्तरीको बनरझुलामा २७ र राजविराजमा १८, विराटनगर मोरङमा ३२, बर्दियामा १४ र हेटौडा मकवानपुरमा २१ पिन्ट रगत सङ्कलन भएको सचिव महर्जनले बताए ।
यसैबीच कैलालीमा मात्रै आज २५३ पिन्ट रगत सङ्कलन भएको छ । दिवसका अवसरमा कैलालीका विभिन्न स्थानमा आयोजना गरिएका रक्तदान कार्यक्रममा उक्त रगत सङ्कलन भएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij