Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते

युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते

काठमाडौँ : युक्रेनको पूर्वी डिनिप्रो शहरमा भएको पछिल्लो रूसी आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको अधिकारीहरुले शनिबार बताएका छन्।

उद्धारकर्मीहरूले रूसी आक्रमणबाट ध्वस्त भएको डिनिप्रो स्थित एउटा भवनको भग्नावशेषबाट दुई जनाको शव बरामद गरेको ड्रिन्प्रोपेट्रोभस्क क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर गान्झाले बताएका छन्।

पाँच जना अझै पनि भग्नावशेषमुनि फसेको हुन सक्ने आशंका गरिएको बताउदै उहाँले २१ जना घाइते भएको पुष्टि गरेको भएको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा चार जनाको मृत्यु भएको र करिब ३० जना घाइते भएको बताउनु भएको छ।

आक्रमणको सामना गर्न साझेदारहरूलाई तत्काल र सहकार्य आवश्यक रहेको बताउँदै हवाई रक्षा बलियो बनाउन तथा रूस विरुद्ध युरोपेली प्रतिबन्धको २१औँ प्याकेजतर्फ पनि अघि बढ्नु पर्ने बताएका छन्।

युक्रेनको सिमानामा रहेको रूस कुस्र्क क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्राणमा परी एक जना घाइते भएको गभर्नर अलेक्जान्डर खिन्स्टेनले शनिबार बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij