काठमाडौँ : काठमाडौँ दुई सुकुमबासी बस्ती; थापाथली र गैह्रीगाउँस्थित अव्यवस्थित बस्तीबाट ल्याइएका व्यक्तिहरूलाई महानगरपालिकाको स्वास्थ्य विभागले दशरथ रंगशालामा प्राथमिक तथा प्रारम्भिक उपचार र मनोसामाजिक परामर्श सेवा प्रदान गरिरहेको छ ।
यस क्रममा बसोबास, बालबालिकाको शिक्षा, स्वास्थ्य सेवा, सामाजिक सम्बन्धलगायत विषयमा मनोसामाजिक परामर्श दिइँदै छ । यससँगै प्राथमिक वडा नं ११ को बबरमहल, वडा नं ३१ को भीमसेनगोला र वडा नं ३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्र खुला राखिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij