काठमाडौं : काठमाडौं महानगरपालिका र सुरक्षा निकायले थापाथली, सिनामंगलको गैरीगाउँ तथा मनोहरा क्षेत्रमा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउने तयारी तीव्र पारेका छन्।
सोही क्रममा शनिबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारका सुकुम्बासी बस्ती क्षेत्रमा ठूलो संख्यामा प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ।
बस्ती खाली गराउन दिइएको चेतावनी र भारी सुरक्षा उपस्थिति देखेपछि स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ। शनिबार बिहानैदेखि धेरैजसो स्थानीयहरू आफ्ना सरसामान पोको पार्न र सुरक्षित स्थानमा सार्न व्यस्त देखिएका छन्।
केही परिवारले शुक्रबार नै आफ्ना सामान स्थानान्तरण गरिसकेका छन् भने विकल्प नभएका र आर्थिक रूपमा कमजोर परिवारहरू अझै पनि अन्योलमा बस्तीमै बसिरहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij