माडी : माडीमा सञ्चालित होमस्टेहरूमा बसाइँका लागि अब अनलाइन बुकिङ गर्न तथा रिजर्भेशनको अवस्था अनलाइनबाटै थाहा पाउन सकिने भएको छ। पर्यटन वेबसाइट ‘एक्सप्लोर माडी’ परियोजनाअन्तर्गत माडी नगरपालिका ले नगर क्षेत्रका सातवटै सामुदायिक होमस्टेलाई वेब पोर्टलमा जोडेर बुकिङ सेवा सुरु गरेको हो।
अब आन्तरिक तथा बाह्य पर्यटकहरूले एउटै डिजिटल प्लेटफर्ममार्फत आफूले रोजेको होमस्टेमा कोठा उपलब्धता जाँच गर्न, खाना तथा खाजाको दररेट बुझ्न, विभिन्न पर्यटकीय प्याकेजबारे जानकारी लिन तथा सिधै बुकिङ गर्न सक्ने नगरका सूचना प्रविधि अधिकृत प्रवीण भण्डारीले जानकारी दिनुभयो।
यस कार्यका लागि नगरका सबै सामुदायिक होमस्टेलाई बुधबार अनुशिक्षण प्रदान गरी वेबसाइटको युजर आइडी तथा पासवर्ड हस्तान्तरण गरिएको नगरप्रमुख ताराकुमारी काजी महतो ले बताउनुभयो।
नगरप्रमुख महतोले गत वैशाख १ गते सोमेश्वरगढी मा क्यूआर स्क्यानर अनावरण गर्दै ‘एक्सप्लोर माडी’ पर्यटन साइट परियोजनाको औपचारिक उद्घाटन गर्नुभएको थियो। यस प्रणाली सञ्चालनमा आएपछि माडी क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने तथा पर्यटकलाई सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij