Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आईसीसी महिला २० च्यालेन्ज : नेपालले रुवाण्डालाई हरायो

आईसीसी महिला २० च्यालेन्ज : नेपालले रुवाण्डालाई हरायो

काठमाडौँ : आईसीसी महिला २० च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई पराजित गरेको छ।

रुवाण्डाको किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले रुवान्डालाई दुई विकेटले हराउँदै जित हात पारेको हो। घरेलु टोली रुवाण्डाले नेपाललाई जितको लागि ८९ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले १९।४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो।

नेपालको लागि सम्झना खड्काले सर्वाधिक ४८ रनको योगदान दिइन्। त्यस्तै पूजा महतोले १३ तथा  विन्दु रावलले १० रन जोडिन्।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको रुवान्डाले  १९।४ ओभरमा सबै विकेट गुमाएर ८८ रनको योगफल  बनाएको थियो।रुवाण्डाका लागि चार ब्याटरले मात्र दोहोरो अङ्कमा रन बनाउन सके। एलिस इकुजवेले सर्वाधिक १७ रन बनाइन् भने मर्वे उवासले १५, क्लेरिस उमुटोनिवासेले १३ तथा रोसिन उवेराले १२ रन जोडिन्।

रुवाण्डालाई कम रनमै समेट्नेक्रममा नेपालका लागि रचना चौधरीले ३, पूजा महतो र कविता कुँवरले समान दुईरदुई तथा मनिष उपाध्याय र रिया शर्माले समान एकरएक विकेट लिइन्। 

अन्तरराष्ट्रिय क्रिकेट परिषद्ले सुरुआत गरेको यस प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा हुनेछ। त्यस्तै लिगको सबै खेलपश्चात् शीर्ष स्थानमा रहने देश विजेता टोली बन्नेछ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट