Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

सुधन गुरुङको समर्थनमा प्रियंका कार्की : पदभन्दा नैतिकता रोज्नु ठुलो कुरा हो

सुधन गुरुङको समर्थनमा प्रियंका कार्की : पदभन्दा नैतिकता रोज्नु ठुलो कुरा हो

काठमाडौँ : अभिनेत्री प्रियंका कार्की गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङको पक्षमा उभिएकी छन् । गुरुङले पदभन्दा नैतिकतालाई रोजेको भन्दै समर्थन गरेकी हुन्। 

बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै प्रियंकाले कठिन समयमा पनि विचलित नभई नैतिकताको बाटो रोज्नु प्रशंसनीय भएको बताएकी छिन्। मिडिया ट्रायलले दबाब सिर्जना गरेको उल्लेख गर्दै उनले लेखेकी छिन्, ‘सधैँ राम्रो काम गर्ने मान्छेले नै धेरै अग्निपरीक्षा दिनुपर्छ, इतिहासले यो बारम्बार देखाएको छ।’ 

उनले लागेका आरोपहरूको निष्पक्ष र गहिरो छानबिन गरी सत्य उजागर हुनुपर्ने माग समेत गरेकी छिन्। सुदनको क्षमता को प्रशंसा गर्दै प्रियंकाले यो अवस्था अन्त्य नभएर एउटा नयाँ सुरुवात भएको बताएकी छिन्।‘म विश्वस्त छु, तपाईं यो लडाइँ जितेर अझ शक्तिशाली भएर फर्किनुहुनेछ। नेपालले अझै तपाईंभित्रको शक्ति र भिजन देख्न बाँकी छ, किनकि नेपाललाई तपाईंको खाँचो छ,’ उनले उल्लेख गरेकी छिन्। सेयर विवादमा मुछिएपछि गुरुङले बुधबार नै पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij