Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

गणेशधाम संरक्षण समितिको प्रथम उपाध्यक्षमा बाबुराम अधिकारी सर्वसम्मत चयन, विकास र संरक्षणमा नयाँ भरोसा

गणेशधाम संरक्षण समितिको प्रथम उपाध्यक्षमा बाबुराम अधिकारी सर्वसम्मत चयन, विकास र संरक्षणमा नयाँ भरोसा

भरतपुर : धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकताको प्रतीकका रूपमा रहेको गणेशधाम संरक्षण समितिको नयाँ कार्यसमिति सर्वसहमत रूपमा चयन हुँदा प्रथम उपाध्यक्षको जिम्मेवारी समाजसेवी बाबुराम अधिकारीको काँधमा पुगेको छ ।

उहाँको चयनसँगै गणेशधामको विकास र संरक्षण यात्राले नयाँ गति लिने अपेक्षा गरिएको छ । सरलता जसको परिचय हो, निडरता जसको स्वभाव हो र सत्यका पक्षमा अडिग उभिन सक्ने हक्कीपन जसको विशेषता हो, त्यही व्यक्तित्वका धनी हुन् बाबुराम अधिकारी । लामो समयदेखि जग्गा व्यवसायमा सक्रिय उहाँले व्यवसायिक सफलतासँगै समाजसेवालाई जीवनको मूल मन्त्र बनाउँदै आउनुभएको छ ।

“आफ्नो ठाउँ आफैं बना औँ” भन्ने प्रेरणादायी अभियानलाई आत्मसात गर्दै उहाँ भरतपुर–१२ स्थित सिर्जनशील टोल विकास संस्थाको अध्यक्षका रूपमा पनि सक्रिय हुनुहुन्छ । टोल, समाज र समुदायलाई व्यवस्थित, समृद्ध र आत्मनिर्भर बनाउने यात्रामा उहाँको भूमिका उल्लेखनीय मानिन्छ । नारायणी जग्गा तथा आवास व्यवसायी संघ चितवनको अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्हालिसक्नुभएका अधिकारीले नेतृत्व, समन्वय र दूरदृष्टिको परिचय यसअघि नै दिइसक्नुभएको छ ।

धार्मिक क्षेत्रप्रतिको आस्था र समर्पणका कारण उहाँ यसअघि गणेशधामको आर्थिक समितिमा रहेर समेत योगदान पुर्‍याइसक्नुभएको थियो । अब प्रथम उपाध्यक्षको नयाँ जिम्मेवारीसँगै उहाँले गणेशधामलाई केवल पूजा–आराधनाको केन्द्र मात्र होइन, धार्मिक पर्यटन, सांस्कृतिक संरक्षण र सामाजिक जागरणको प्रेरणास्थल बनाउने अपेक्षा गरिएको छ ।

स्थानीयवासीको विश्वास छ—अनुभव, इमानदारी र सेवाभावले भरिएको बाबुराम अधिकारीको नेतृत्वले गणेशधामको उज्यालो भविष्य निर्माण गर्नेछ । जहाँ आस्था छ, त्यहाँ आशा हुन्छ; र जहाँ बाबुराम अधिकारीजस्ता कर्मशील व्यक्ति छन्, त्यहाँ विकासको सम्भावना अझ प्रबल हुन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij