चितवन : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनले रत्ननगर नगरपालिकामा पालिका स्तरीय तदर्थ समिति गठन गरेको छ । जिल्ला कार्यसमितिको निर्णय तथा केन्द्रीय कार्यालय र बागमती प्रदेश कार्यालयको समन्वयमा समिति गठन गरिएको हो ।
जारी पत्रअनुसार रामचन्द्र पौडेल संयोजक, दिपेन्द्र श्रेष्ठ सचिव र हुतराज पन्त कोषाध्यक्षमा मनोनयन भएका छन् । त्यसैगरी सरस्वती चालिसे, रामहरी भण्डारी, बिदुर सुवेदी र सविता आचार्य सदस्यमा चयन भएका छन् ।
नेपाल रेडक्रस सोसाइटीको विधान तथा प्रचलित नियमावलीअनुसार स्थानीय तहमा मानवीय सेवा विस्तार तथा कार्यक्रम सञ्चालनलाई प्रभावकारी बनाउन तदर्थ समिति गठन गरिएको जनाइएको छ ।
समितिलाई तोकिएको समयसीमाभित्र अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्न निर्देशन समेत दिइएको छ ।
नवगठित समितिले विपद् व्यवस्थापन, राहत वितरण, रक्तदान तथा अन्य मानवीय सेवाका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij