Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

गैँडाको आक्रमणबाट दम्पती घाइते, श्रीमानको अवस्था गम्भीर

गैँडाको आक्रमणबाट दम्पती घाइते, श्रीमानको अवस्था गम्भीर

भरतपुर : भरतपुर महानगरपालिका–२८ स्थित बर्दाहा मध्यवर्ती सामुदायिक वनमा गैँडाको आक्रमणबाट एक दम्पती घाइते भएका छन्।

आइतबार बिहान करिब ६ः३० बजे घाँस–दाउरा गर्न वनमा गएका बेला ४३ वर्षीय युवराज महतो र उनकी श्रीमती ३६ वर्षीया रिकुमायाँ महतोमाथि गैँडाले आक्रमण गरेको हो।

घाइते दुवैलाई बिहान ८ः४० बजे उपचारका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार युवराज महतोको अवस्था गम्भीर रहेको छ भने रिकुमायाँ महतोको अवस्था मध्यम रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij