Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कर्णालीको मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णय

कर्णालीको मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णय

सुर्खेत : कर्णालीमा मङ्गलवार बिहान मन्त्रिपरिषद्को बैठक बसेको छ । उक्त बैठकमा कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।

उनका अनुसार, कालिकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडक प्रादेशिक प्राथमिकता आयोजनाको रूपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने पनि निर्णय भएको छ ।

यस्तै जाजरकोट जिल्लाको वडावन सानाखोला सडक प्रादेशिक प्राथमिकता आयोजनाको रूपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय भएको शाहले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट