काठमाडौं : कांग्रेस सभापति गगनकुमार थापाले पार्टीका नेता पूर्णबहादुर खड्कासँग आइतबार उनकै निवासमा भेटवार्ता गरेका छन्।
खड्का निवास गोल्फुटारमा पुगेर सभापति थापाले करिब १ घन्टा कुराकानी गरेको एक कांग्रेस नेताले जानकारी दिए।सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने फैसला गरेसँगै खड्काले उक्त फैसला स्वीकार गर्ने बताएका छन्।
उनले आफू पक्षीय नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन्। अदालतको आदेश स्वीकार गरे पनि आफूहरूले सम्मानजनक अवस्था पाउनुपर्ने उनीहरूको भनाइ छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij