काठमाडौँ : पूर्णबहादुर खड्का समूहले नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिने सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने टिप्पणी गरेको छ।
आइतवार काठमाडौँमा भएको छलफलमा सर्वोच्चको फैसलामा असन्तुष्टि जनाउँदै नेताहरूले पुनरवलोकनमा जाने सुझाव दिएको नेता मीन विश्वकर्माले बताए।
गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई वैधानिकता दिने सर्वोच्चको फैसला संविधान, प्रचलित कानून र नेपाली काँग्रेसको विधानसँग समेत बाझिने प्रकृतिको रहेको समेत उनको टिप्पणी छ। अदालतले कानूनी रूपमा विवाद समाधान गरे पनि पार्टीलाई सुदृढ बनाउने विषय अझै चुनौतीपूर्ण रहेको उनको भनाइ छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij