Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भरतपुर–११ मा कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति

भरतपुर–११ मा कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति

भरतपुर : भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो सम्पन्न भेलाबाट चयन गरिएको छ। स्थानीयवासीको सहभागितामा सम्पन्न उक्त भेलाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो।

भेलाबाट संस्थाको अध्यक्षमा खड्ग लिम्बु चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा प्रेम किशोरी बस्नेत, सचिवमा रंगिता गोदार तथा कोषाध्यक्षमा रेनुका पौडेल चयन हुनुभएको छ।

नयाँ कार्यसमितिका सदस्यहरूमा पूजन थापा, रवि कुमाल, मनोज गुरुङ, गंगाकुमारी थापा, कृष्ण चापागाईं, जोसिला कुमाल तथा सुनिता लामा चयन हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष लिम्बुले टोलको समग्र विकास, सरसफाइ, सामाजिक एकता तथा सामुदायिक गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। टोलवासीको सहकार्य र सहभागिताबाट आगामी दिनमा टोलको विकासका विभिन्न कार्यक्रम सञ्चालन गरिने पनि बताइएको छ।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। यस निर्वाचन प्रक्रियालाई व्यवस्थित र सफल बनाउन निर्वाचन समिति संयोजक टिकाराम अधिकारी तथा सदस्यहरू परशुराम बस्नेत, जितेन्द्र भुजेल, कलादेवी पोखरेल र तारा तिवारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। स्थानीयवासीहरूले निर्वाचन समितिलाई पनि धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट