Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

लायन्स क्लब अफ नारायणगढ दियालोमा रमेश मान्नधर नेतृत्व सर्वसम्मत चयन

लायन्स क्लब अफ नारायणगढ दियालोमा रमेश मान्नधर नेतृत्व सर्वसम्मत चयन

चितवन : लायन्स क्लब अफ नारायणगढ दियालोको साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले लायन वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

 

नवनिर्वाचित अध्यक्षमा लायन रमेश मानन्धर चयन भएका छन् भने निवर्तमान अध्यक्षमा लायन मदन प्रधान रहनेछन् । प्रथम उपाध्यक्षमा लायन सुजन धिताल र द्वितीय उपाध्यक्षमा लायन रश्मी श्रेष्ठ चयन भएका छन् ।

 

यसैगरी सचिवमा लायन डा. अमित सहनी, कोषाध्यक्षमा लायन सागर श्रेष्ठ तथा मेम्बरसिप चेयरपर्सनमा लायन ई. ओजश श्रेष्ठ चयन भएका छन् । एलसिआईएफ चेयरपर्सनमा एमजेएफ लायन ईन्दु न्यौपाने, मार्केटिङ एण्ड कम्युनिकेशन चेयरपर्सनमा एमजेएफ लायन शंकर नेपाल र सर्भिस चेयरपर्सनमा एमजेएफ लायन असिम हमाल चयन भएका छन् ।

 

क्लब डाइरेक्टरहरूमा लायन नीर लामिछाने, लायन खेमबहादुर गुरुङ, एमजेएफ लायन सुरेश खड्गी, एमजेएफ लायन बिनोद सुवेदी र लायन सुवास साह चयन भएका छन् ।

नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट