Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, तीन वटा कार्यसूची तय

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, तीन वटा कार्यसूची तय

काठमाडौं : लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत १२औं आज आइतबार दिउँसो १ बजे बस्दै छ । बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकको सुरुवातमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने ले‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढा ले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट