Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कांग्रेमा देउवा पक्षले अब पूर्णबहादुरलाई कार्यवाहक सभापति नभन्ने

कांग्रेमा देउवा पक्षले अब पूर्णबहादुरलाई कार्यवाहक सभापति नभन्ने

काठमाडौँ  : सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने फैसला गरेसँगै शेरबहादुर देउवा पक्षले पूर्णबहादुर खड्कालाई अबदेखि 'कार्यवाहक सभापति' नभन्ने भएको छ । शनिबार राजधानीमा आयोजित देउवापक्षीय नेताहरूको छलफलले न्यायलयको आदेशलाई स्वीकार गर्दै खड्का अब पूर्वकार्यवाहक सभापति भएको बताएको हो । यसअघि देउवा पक्षले गगन थापाको नेतृत्वलाई अस्वीकार गर्दै निर्वाचन आयोग र अदालतमा पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिकै हैसियतमा प्रस्तुत गर्दै आएको थियो । 

छलफलपछि देउवा पक्षका नेता मीन विश्वकर्माले भने, 'हिजोसम्म उहाँ कार्यवाहक सभापति हुनुहुन्थ्यो, तर अदालतको फैसलाले अर्को पक्षलाई आधिकारिकता दिएपछि अब हामीले त्यसलाई स्वीकारेका छौँ । अब पार्टीको वैधानिक नेतृत्व गगन थापाकै हो ।'

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट