Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु, आमा-छोरा बिरामी

मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु, आमा-छोरा बिरामी

कैलाली : कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु भएको छ। वैशाख ३ गते मरेको कुखुराको मासु खाएका चुरे गाउँपालिका–३ भक्तपुरका एकै परिवारका चार जना बिरामी भएका थिए।

तीमध्ये ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए। मासु खाएका आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकार पनि बिरामी भएका छन्। दुई दाजुभाइको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने आमा–छोराको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

घटना बिहीबारको भए पनि प्रहरीलाई शुक्रबार मात्र खबर गरिएको थियो। त्यसपछि प्रहरीको समन्वयमा चारै जनालाई उपचारका लागि धनगढी ल्याइएको थियो। उनीहरूले मरेको कुखुराको मासु स्थानीय पोल्ट्री फार्मबाट ल्याएको खुलेको छ। फार्म सञ्चालक स्वयं इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भई बयान दिएका छन्। उनलाई बोलाएको बेला उपस्थित हुने शर्तमा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट