Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्रसूती तथा स्त्रीरोग विशेषज्ञ समाज सम्मेलन : स्त्रीरोगका बारेमा छलफल

प्रसूती तथा स्त्रीरोग विशेषज्ञ समाज सम्मेलन : स्त्रीरोगका बारेमा छलफल

काठमाडौँ : नेपाल प्रसूती तथा स्त्रीरोग विशेषज्ञ समाजको १५औँ सम्मेलन काठमाडौँमा जारी छ । सम्मेलनमा देश तथा विदेशका पाँच सयभन्दा बढी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सहभागी भएका छन् ।

पूर्वस्वास्थ्य मन्त्री डा.सुधा शर्माले सम्मेलनबाट आएका निष्कर्षले महिलाको स्वास्थ्य उपचार, गुणस्तर नविनता, दीगोपना तथा अनुसन्धानमा थप योगदान दिने बताइन् । समाजका अध्यक्ष प्राडा पदमराज पन्तले सम्मेलनमा सहभागी स्वदेशी तथा विदेशी विशेषज्ञहरूलाई स्वागत गर्दै प्रसूति तथा स्त्रीरोगका बारेमा विभिन्न देशमा गरिएका खोज, अनुसन्धान तथा उपचारसम्बन्धी ज्ञानको दायरालाई फराकिलो पार्ने विश्वास व्यक्त गरे ।

समाजका पूर्वअध्यक्ष डा. धनबहादुर रानामगरले सम्मेलनमा प्रसूति रोगसँग सम्बन्धित उपचार पद्धति, यसका बारेमा अध्ययन अनुसन्धानका निस्कर्षहरूलाई साझा गर्ने तथा समस्या पहिचान गरी समाधनका उपाय खोज्ने अवसरका रूपमा लिइएको बताए । सम्मेलनमा प्रसुति तथा स्त्रीरोगसम्बन्धी २०० जना वैज्ञानिकले कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट