Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनमा असोज ८–१० सम्म सातौं राष्ट्रिय लाखे नाच आयोजना हुँदै, नयाँ ५ पदाधिकारी थप्दै तयारी तीव्र

चितवनमा असोज ८–१० सम्म सातौं राष्ट्रिय लाखे नाच आयोजना हुँदै, नयाँ ५ पदाधिकारी थप्दै तयारी तीव्र

चितवन : चितवनमा नेवारी समुदायको मौलिक सांस्कृतिक पहिचान बोकेको लाखे नाच संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सातौं राष्ट्रिय लाखे नाच आयोजना गरिने भएको छ। लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठान नेपाल, नारायणगढ चितवनको आयोजनामा आगामी असोज ८, ९ र १० गते तीन दि   नसम्म कार्यक्रम सञ्चालन हुने तयारी गरिएको हो।

संस्थाका अध्यक्ष निर्जनलाल श्रेष्ठ का अनुसार नेवारी परम्पराको जगेर्ना, लाखे नाचको संरक्षण तथा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो। देशका विभिन्न स्थानबाट लाखे नाच टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

यसैबीच, सातौं संस्करणको कार्यक्रमलाई सफल बनाउन प्रतिष्ठानले रिक्त रहेका विभिन्न पदमा पाँच सदस्य थप गरेको छ। संस्थापक अध्यक्ष राजेन्द्रकुमार पिया का अनुसार वरिष्ठ उपाध्यक्षमा हरिशरण श्रेष्ठ, उपाध्यक्षमा विनोद प्रधान, महासचिवमा तुलसीराम श्रेष्ठ तथा कार्यसमिति सदस्यमा प्रशन्न श्रेष्ठ र उत्तम प्रधान सर्वसम्मत चयन भएका छन्।

नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष हरिशरण श्रेष्ठले लोपोन्मुख अवस्थामा पुगेको लाखे नाचको संरक्षणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले सांस्कृतिक सम्पदाको जगेर्नामा सबै समुदायको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे।

चितवनमा आयोजना हुन लागेको राष्ट्रिय लाखे नाचले स्थानीय पर्यटन प्रवर्द्धनसँगै नेवारी कला, संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij