Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज पनि बैठक बस्दै

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज पनि बैठक बस्दै

काठमाडौं :  नेपाली कांग्रेसको संसदीय दलका नेता छान्न आज पनि छलफल हुँदैछ । हिजो संसदीय दलका नेता छान्ने विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न सकेको थिएन ।

दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलको नेताबारे छलफल भएको निर्वाचन समितिका संयोजक एवम् कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताए ।

दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार छन् । मोहन आचार्यदेखि निश्कल राईसम्मको पनि चर्चा छ । प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् ।

कांग्रेसले सर्वसम्मत दलको नेता चयन गर्ने प्रयास गरिरहेको छ । सहमति नजुटे निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउने तयारी छ। सहमतिका लागि आज फेरि बैठक बस्दैछ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट