Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

संसदीय दलका नेता छान्न ढिला गरेकामा कांग्रेस सांसदहरूको तीव्र असन्तुष्टि

संसदीय दलका नेता छान्न ढिला गरेकामा कांग्रेस सांसदहरूको तीव्र असन्तुष्टि

काठमाडौँ : संसदीय दलको नेता चयन गर्न ढिलाई भएको भन्दै नेपाली कांग्रेसका सांसदहरूले असन्तुष्टि जनाएका छन्।शुक्रवार सिंहदरबारमा बसेको सांसदहरूको बैठकमा बोल्दै उनीहरूले असन्तुष्टि जनाएका हुन्।

सांसद अर्जुननरसिंह केसीकाअनुसार बैठकमा ३८ सांसदमध्ये २६ जना सांसदहरुले संसदीय दलको नेता चयन प्रक्रिया छिटो टुंग्याउनुपर्ने धारणा राखेका छन्।

उनले दलभित्र सहमतिका आधारमा दलको नेता चयन हुनुपर्नेमा जोड दिए। सबै सांसदले नेतृत्वमा दावी गर्न सक्ने भए पनि सहमतिको बाटो रोज्दै निष्कर्षमा पुग्नुपर्ने उनको मत छ। 

उनले संसदीय दलको नेता चयन प्रक्रिया चाँडो टुंग्याउने विषयमा छलफल केन्द्रित रहेको बताउँदै सम्भतः आगामी हप्ताभित्र नेता चयन भइसक्ने बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट