Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

प्रतिनिधि सभामा १० र २ संयुक्त समितिले पाए सभापति

प्रतिनिधि सभामा १० र २ संयुक्त समितिले पाए सभापति

काठमाडौँ : सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा १० विषयगत समिति र दुई संयुक्त समितिले शुक्रबार सभापति पाएका छन् ।

प्रतिनिधि सभामा ९ र संयुक्त १ समितिमा सभापति निर्विरोध भए । प्रतिनिधि सभाको एउटा र संयुक्त एउटा समितिमा भने निर्वाचनबाट सभापति छानिए । सबै समितिका शुक्रबार बसेका बैठकमा सभापति छानिएका हुन् । प्रतिनिधि सभाका कानुन न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समिति सभापतिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकाल, सार्वजनिक लेखा समिति सभापतिमा भरतबहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा सुम्नीमा उदास, अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी र उद्योग समिति सभापतिमा रहवर अन्सारी निर्विरोध भए । 

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ निर्विरोध भए । निर्विरोध भएकामध्ये सार्वजनिक लेखा समितिका सभापति खड्काबाहेक सबै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन् । प्रतिनिधि सभाको एउटा र संयुक्त एउटा समितिमा भने निर्वाचनबाट सभापति छानिए । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाकी सांसद डा. ओजस्वी शेरचन र एमालेका गुरु बरालबिच प्रतिस्पर्धा हुँदा शेरचन निर्वाचित भइन् । संयुक्त राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीकी मदन कुमारी शाह (गरिमा)बिच प्रतिस्पर्धा भयो । कार्की निर्वाचित भए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट