Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

आन्तरिक विवादका कारण सुदूरपश्चिममा नेपाली कांग्रेसको कार्यक्रम स्थगित

आन्तरिक विवादका कारण सुदूरपश्चिममा नेपाली कांग्रेसको कार्यक्रम स्थगित

धनगढी : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशको कैलालीमा आयोजना गर्न लागेको कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। वैशाख ५ गतेका लागि तय गरिएको 'निर्वाचन समीक्षा तथा १६औँ महाधिवेशन' सम्बन्धी कार्यक्रम अर्को सूचना नआएसम्मका लागि रोकिएको हो।

पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सातै प्रदेशमा यस्ता कार्यक्रम गर्ने योजना थियो। सुदूरपश्चिममा भने पार्टीभित्रको आन्तरिक किचलोका कारण कार्यक्रम हुन सकेन।यसको मुख्य कारण पार्टीभित्रको गुटबन्दी देखिएको छ। सुदूरपश्चिममा सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको बाहुल्यता छ। उनीहरू अहिलेको नेतृत्वले गर्न लागेको निर्वाचन समीक्षाप्रति सन्तुष्ट छैनन्।

 सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर र मुख्यमन्त्री कमलबहादुर शाहले वर्तमान नेतृत्व र विशेष महाधिवेशनपछिको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएका छन्।मुख्यमन्त्री शाहले सार्वजनिक रूपमै गगन थापालाई नेतृत्वका रूपमा स्वीकार गर्न नसकिने बताउँदै आएका छन्। यसअघि चुनावभन्दा अगाडि पनि नेताहरूबिचको समन्वय नमिल्दा प्रदेशस्तरीय चुनावी सभाहरू स्थगित भएका थिए। नेपाली कांग्रेसका नेता भीमबहादुर बडुवालका अनुसार अहिले कैलाली पार्टी सभापति, प्रदेश पार्टी काठमाडौँमा छन्। अहिले भेला सरेको छ, सर्वोच्चको आदेश पर्खाइमा पनि छन् नेताहरू, त्यसपछि मात्रै कार्यक्रमको टुङ्गो लाग्छ,` उनले भने।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट