Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अमेरिका-ईरान युद्व : चितवनमा विदेशी पर्यटक घटे, होटल व्यवसाय प्रभावित

अमेरिका-ईरान युद्व : चितवनमा विदेशी पर्यटक घटे, होटल व्यवसाय प्रभावित

चितवन : चितवनका प्रमुख पर्यटकीय गन्तव्यहरूमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा घटेको छ। विगतका वर्षहरूमा यसै समयमा होटलहरू विदेशी पर्यटकले भरिभराउ हुने गरे पनि पछिल्लो दुई महिनायता पर्यटक आगमनमा गिरावट आएको व्यवसायीहरूले बताएका छन्।

पश्चिम एसियामा जारी द्वन्द्वका कारण नेपाल आउने विदेशी पर्यटक प्रभावित हुँदा चितवनको पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको छ। पर्यटकहरूले होटल बुकिङ रद्द गर्ने क्रम बढेपछि होटल व्यवसायीहरू मारमा परेका छन्।

चितवनको प्रमुख पर्यटकीय क्षेत्र पटिहानी र सौराहाका ठूला होटलहरूमा सामान्यतया विदेशी पर्यटकको बाक्लो उपस्थिति रहने गरे पनि अहिले बुकिङ रद्द बढेको व्यवसायीहरूको भनाइ छ।
व्यवसायीहरूका अनुसार कतार, यूएई लगायत पश्चिम एसियाली मुलुकहरू हुँदै ट्रान्जिट भएर आउने पर्यटकहरूको आवागमन घट्दा पछिल्लो डेढ महिनामा करिब २५ प्रतिशत बुकिङ रद्द भएको छ।

सौराहा क्षेत्रमा चीनलगायत केही देशका पर्यटक बाहेक विदेशी आगमन उल्लेख्य नभएको व्यवसायीहरूले बताएका छन्। अपेक्षित रूपमा पर्यटक नआउँदा होटल व्यवसायीहरू निराश बनेका छन् । तथ्यांक अनुसार, दुई वर्षअघि यही अवधिमा करिब २३ हजार विदेशी पर्यटक चितवन आएका थिए भने चालु आर्थिक वर्षको फागुनसम्मको आठ महिनामा ५५ हजार विदेशी पर्यटक आएका छन्।

पर्यटक घट्दा विशेषगरी ठूला होटलहरू बढी प्रभावित भएका छन् भने साना तथा मझौला होटलहरू आन्तरिक पर्यटकको भरमा सञ्चालन भइरहेका छन्। चितवनमा हाल २ सयभन्दा बढी पर्यटकीय होटलहरू सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij