Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्रथम बुढासुब्बा भेट्रान्स : धरान युनाइटेडलाई उपाधि

प्रथम बुढासुब्बा भेट्रान्स : धरान युनाइटेडलाई उपाधि

काठमाडौं : यूएईमा सम्पन्न प्रथम बुढासुब्बा भेटेरान्स अन्तर–क्लब ७-ए-साइड फुटबल प्रतियोगिताको उपाधी आयोजक धरान युनाइटेड फुटबल क्लबले जीतेको छ।

शनिबार सम्पन्न प्रतियोगीतामा तमु समाज यूएइलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो। धरान युनाईटेडले दुई हजार ५५५ दिरहम (एक लाख तीन हजार चार सय) नगद र उपविजेता तमु समाजले एक हजार ५५५ दिरहम (६२ हजार ९३०) नगद तथा ट्रफी र प्रमाणपत्र पाए। प्रतियोगीतामा फेयर प्ले अवार्ड ए.डी. फूलबारी फुटबल क्लबले जीत्यो। व्यक्तिगत पुरस्कार तर्फ तमु समाजका गोविन्द परियार उत्कृष्ट डिफेन्डर घोषित भए।

धरान युनाइटेडका किशोर लिम्बु उत्कृष्ट गोलरक्षक सुनील थापा उत्कृष्ट म्यानेजर स्विकार राई, सर्वाधिक गोलकर्ता र स्विकार राई प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए।विजेताहरुलाई यूएई नेपाली फुटबल संघका उपाध्यक्ष ईश्वर श्रेष्ठ, संस्थापक अध्यक्ष मुक्ति गुरुङ, संरक्षक कूल लेप्चा लगायतले पुरस्कार वितरण गरे। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट