Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

सुनचाँदीको मूल्य सामान्य बढ्यो

सुनचाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँले बढेर दुई लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघिको शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर चार हजार ९७५ रुपैयाँ कायम भएको छ। शुक्रबार चार हजार ९६० मा किनबेच भएको थियो। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट