Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै

पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेट (पीएम कप) मा आज दुई खेल हुदैछन्।  नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच जनकपुरमा खेल हुदैछ। जारी खेलमा पुलिस क्लबको ७ खेलमा ९ अंकसहित तेस्रो स्थानमा रहेको छ भने सुदूरपश्चिम ८ खेलमा १० अंकसहित दोस्रो स्थानमा रहेको छ।

आजै हुने अर्को खेलमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच पर्सामा खेल हुदैछ। 


गण्डकी प्रदेशको ७ खेलमा ५ अंक रहेको छ र हाल आठौँ स्थानमा छ। त्यस्तै लुम्बिनी प्रदेशको ६ खेलमा ७ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ।

एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहेको छ। 

सिंगल राउन्ड रोबिनका आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलका लागि प्रतिस्पर्धा  गर्नेछन्।  

पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन्। नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २–२ पटक जितेका छन्। पुलिस डिफेन्डिङ च्याम्पियन हो। 

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट