भरतपुर : चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट निर्वाचित पदाधिकारी एवम् सदस्यलाई चितवन उद्योग संघद्वारा बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले मोहनलाल श्रेष्ठको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
समितिको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, रुकेश सापकोटा, वीरेन्द्र बहादुर दवाडी, उद्वब न्यौपाने, क्रान्ति अधिकारी र बलराम पुरी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा लोकनाथ सुवेदी, शिव खनाल, राजन पौडेल, सूर्यराज गिरी, विष्णु प्रसाद पौडेल, हेमकुमार श्रेष्ठ, लीलामणि भण्डारी, युवराज गिरी, रामकिश्वर महतो, सुरेन्द्रराज पराजुली, दिनेश कुमार राना, हबिक रहेमान अन्सारी र गणेश रेग्मी रहेका छन् ।
चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको बधाई कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष दिनुप कुमार बरालले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij