Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एरिका गुरुङ कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश

एरिका गुरुङ कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश

काठमाडौं :  एरिका गुरुङ चीनमा जारी कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गरेकी छन् ।सेमिफाइनलमा इटलीकी फेराकुट्टी क्लेअलाई ८-३ ले पराजित गर्दै एरिका फाइनलमा पुगेकी हुन् ।

एरिकाले अब उपाधिका लागि कजाखस्तानकी सोफिया बेरुत्सेभासँग खेल्नेछिन् ।फाइनल खेल भोलि हुनेछ । यसअघि टर्किएमा भएको कराते वान प्रिमियर लिगमा पनि एरिकाले फाइनलमा सोफियासँगै खेलेकी थिइन् । त्यसबेला एरिका पराजित भएकी थिइन् ।क्वाटरफाइनलमा एरिकाले स्लोभाकियाकी मारिया जिबरेत जालालाई ८-० ले पराजित गरेकी थिइन् । त्यसअघि समूह चरणमा एरिकाले लगातार तीन खेल जितेकी थिइन् ।

मोन्टेनेग्रोकी जोमाना डामजानोभिचलाई २-० ले पराजित गर्दा दोस्रो खेलमा डब्लुकेएफकी मारिया मालाखाभालाई सेन्युको आधारमा पराजित गरिन् ।मारियासँग १-१ को बराबरीपछि एरिका सेन्सुको आधारमा विजयी भएकी थिइन् । तेस्रो खेलमा जर्मनीकी जोहान्ना कानिरलाई २-१ ले पराजित गरेकी थिइन् ।

प्रशिक्षक कुशल श्रेष्ठले पहिलो र दोस्रो खेलभन्दा तेस्रो र चौथो राउन्डमा आएर अझ सुदृढ प्रदर्शन भएको उल्लेख गरे । ‘आजको ओभरअल गेम राम्रै भयो, रणनीतिक रूपमा तेस्रो र चौथो राउन्ड उसले निकै राम्रो खेल्यो, अबको हाम्रो टार्गेट गोल्ड मेडल हो ‘ उनले भने, ‘सोफिया हाम्रो लागि चिरपरिचित हो, यसपटक हराउँछौं ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट