भरतपुर : भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित हाकिमचोकमा रहेको चितवन मिडटाउन रिसोर्ट ( सिएमटी) होटलमा ‘न्यु इयर इभ २०८३’ हुने भएको छ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको आकर्षक प्रस्तुति रहने छ।
नयाँ वर्षलाई उल्लासपूर्ण वातावरणमा स्वागत गर्न विभिन्न सांस्कृतिक नृत्य, लाइभ म्युजिक जसमा यात्रा ब्राण्डको दमदार प्रस्तुती तथा विशेष मनोरञ्जनका कार्यक्रमहरू हुने सिएमटीका अप्रेसन म्यानेजर बलेन्द्र पराजुलीले बताए ।
कार्यक्रम यही चैत्र ३० गते साँझ ७ बजेदेखि सुरु भई मध्यरात १२ बजे सम्म चल्नेछ, जहाँ सहभागीहरूले नयाँ वर्ष २०८३ लाई भव्य रूपमा स्वागत गर्न पाउनेछन्। कार्यक्रम प्रवेशका लागि १ हजार टिकटको व्यवस्था गरिएको छ । १ हजार टिकट काटेपछी त्यसैमा वेलकम ड्रिक्स, स्न्याक्स कम्बो सेट, वन क्यान बियर तथा क्यान जुस त्यसैमा खान पाईने पराजुलीले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij