इस्लामावाद : अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेको छ। शनिबार सो टोली इरानसँग वार्ताका लागि इस्लामावाद आइपुगेको हो ।
बीबीसीका अनुसार जेडी भान्स नेतृत्वको टोली लिएर वायुसेनाका दुई वटा विमान इस्लामावादमा अवतरण गरेका छन् । अमेरिकी उपराष्ट्रपति स्तरमा २१ वर्षपछि पाकिस्तानको पहिलो भ्रमण भएको हो । यसअघि तत्कालीन उपराष्ट्रपति डिक चेनीले सन् २००५ मा पाकिस्तानको भ्रमण गरेका थिए।
जेडी भान्सका साथमा अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकफ र राष्ट्रपतिका ज्वाइँ जेरेड कुशनर पनि वार्ताका लागि इस्लामवाद आएका छन्। इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफको नेतृत्वको इरानी प्रतिनिधिमण्डल पहिले नै इस्लामावाद आइपुगेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij