काठमाडौँ : आर्टेमिस- II अन्तत एतिहासिक अन्तरिक्ष यात्रा पुरा गरी सुरक्षित रुपमा पृथ्वीमा फर्किएको छ। यो सँगै अनतरिक्ष यात्रीहरू ९ दिन लामो मिशन सफलतापूर्वक समाप्त गर्न सफल भए।
यो मिसन सन् १९७२ को अपोलो १७ मिसनपछि चन्द्रमातर्फको पहिलो मानव यात्राका रुपमा रहेको थियो। यसले भविष्यका चन्द्र अभियान, विशेषगरी आर्टेमिस-४ का लागि आधार तयार गर्ने विश्वास गरिएको छ।
आर्टिमेस- II टोलीले नेपाली समय अनुसार बिहान करिब ६ बजे सफलतापूर्वक प्रशान्त महासागरमा अवतरण गरेको हो। कमाण्डर रेड वाइजमानले सबै सदस्य स्वस्थ रहेको पुष्टि गरेका छन्।
नासाका प्रमुख जराड इसाकमानले पुन एकपटक अन्तरिक्ष यात्रीहरुलाई चन्द्रमा पुर्याएर फर्किएको बताए। उनले भने ‘हामी फेरि अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमातर्फ पठाउने चरणमा फर्किएका छौं। यो त केवल सुरुवात मात्र हो।’
आर्टेमिस-II टोलीले अन्तरिक्षबाट पृथ्वीको वायुमण्डलमा सुरक्षित रूपमा पुनःप्रवेश गर्ने क्रममा करिब ६ मिनेट सञ्चार सम्पर्क विहिन (ब्ल्याकआउट) बनेको थियो। यो सबैभन्दा तनावपूर्ण अवस्थाका रुपमा लिइन्छ्।
अप्रिल ६ मा अन्तरिक्ष यानले चन्द्रमाको वरिपरि घुम्दा पृथ्वीबाट अधिकतम ४०६,७७१ किलोमिटर टाढा पुगेको थियो। यसले मानव इतिहासमै अन्तरिक्षमा पुगेको सबैभन्दा टाढाको दूरीको पुरानो रेकर्ड तोडेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत टोलीलाई पृथ्वीमा स्वागत गर्दै ह्वाइट हाउसमा निमन्त्रणा दिएका छन्। राष्ट्रपति ट्रम्पले भने ‘आर्टेमिस-II का उत्कृष्ट र प्रतिभाशाली टोलीलाई बधाई। सम्पूर्ण यात्रा अद्भुत रह्यो, अवतरण उत्कृष्ट भयो, र अमेरिकाको राष्ट्रपतिको रूपमा म अत्यन्त गर्वान्वित छु। छिट्टै ह्वाइट हाउसमा तपाईंहरूलाई भेट्ने अपेक्षा राखेको छु। हामी फेरि यो गर्नेछौं, अनि अर्को कदम-मंगल ग्रह!’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij