Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कांग्रेसले सांसदहरूलाई भन्यो, ‘उपसभामुख पदमा रुवीकुमारी ठाकुरलाई मत हाल्नू’

कांग्रेसले सांसदहरूलाई भन्यो, ‘उपसभामुख पदमा रुवीकुमारी ठाकुरलाई मत हाल्नू’

काठमाडौँ : नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको सांसद अुर्जननरसिंह केसीले जानकारी दिएका हुन् ।

उनले उपसभामुख पदमा श्रम संस्कृति पार्टी सांसद ठाकुरलाई मत हाल्न सांसदहरूलाई भनिएको समेत बताए । उनले भने, ‘उपसभामुखको निर्वाचनको सन्दर्भमा श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने निर्णय गर्नको लागि अनौपचारिक रूपले बसेका हौँ । यो हाम्रो पूर्ववत् निर्णय भएको भए पनि त्यसको सूचना सबै माननीयज्यूलाई गर्नको लागि बसेको बैठक मात्रै हो ।’

सत्तारुढ दल रास्वपाले समेत ठाकुरलाई नै समर्थन गर्ने निर्णय गरिसकेको छ । उक्त पदमा ठाकुर र राप्रपाकी सरस्वती लामाको उम्मेदवारी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij