काठमाडौँ : नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली स्वास्थ्योपचारका लागि केही दिन अस्पतालमै रहने भएका छन्।
जेन-जी आन्दोलन घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका ओली आजै रिहा भएका हुन्। उनी पक्राउ परेदेखि नै अस्पतालमा उपचाररत थिए।
सरकारले आफूलाई पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको ओलीले प्रतिक्रिया दिएका छन्।
सर्वोच्च अदालतको परमादेशबमोजिम रिहा भएपछि सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै उनले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैमा धन्यवाद दिए। आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयका आधारमा प्रहरीले ओलीलाई भक्तपुरको गुन्डुबाट १४ चैतमा नियन्त्रणमा लिएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij