Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कालिका नगरपालिका र अमेरिकी सहरबीच सहकार्यको पहल, फेयरफ्याक्स सिटीसँग अनुभव आदानप्रदान

कालिका नगरपालिका र अमेरिकी सहरबीच सहकार्यको पहल, फेयरफ्याक्स सिटीसँग अनुभव आदानप्रदान

भरतपुर : कालिका नगरपालिका र अमेरिकाको भर्जिनिया राज्यस्थित Fairfax City बीच सहकार्य विस्तार गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ। आज आयोजित भेटघाटमा कालिका नगरपालिकाको टोलीले फेयरफ्याक्स सिटीकी मेयर Catherine Read सँग प्रविधि प्रयोग र उच्चस्तरीय विकासका अभ्यासबारे जानकारी लिँदै अनुभव आदानप्रदान गरेको हो।

 

भेटका क्रममा कालिका नगरपालिकामा कार्यान्वयन भइरहेको जीपीएस प्रणाली, फोहर व्यवस्थापन, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार निर्माणलगायतका कार्यक्रमहरूमा सहकार्य गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो। उक्त प्रस्तावप्रति मेयर Read तथा उनको टोलीले सकारात्मक प्रतिक्रिया दिएको जनाइएको छ। दुवै पक्षबीच आगामी दिनमा पारस्परिक सहकार्यलाई थप मजबुत बनाउँदै दिगो सम्बन्ध विस्तार गर्ने सहमति समेत भएको छ। सो अवसरमा दुवै पक्षबीच मायाको चिनो आदानप्रदान गरिएको थियो।

 

कालिका नगरपालिकाको तर्फबाट उपयुक्त समयमा नेपाल तथा नगरपालिकाको भ्रमणका लागि निमन्त्रणा दिइएकोमा मेयर Read ले खुशी व्यक्त गर्दै उपयुक्त समय मिलाएर आफ्नो टोलीसहित नेपाल आउने प्रतिबद्धता जनाइन्। साथै उनले कालिका नगरपालिकाको टोलीलाई पुनः फेयरफ्याक्स सिटी भ्रमणका लागि निमन्त्रणा समेत दिएकी छन्। यस कार्यमा सहजिकरण गर्ने प्रा.डा. रामहरि सुवेदी तथा समय उपलब्ध गराई सहयोग गर्ने सिटी इन्जिनियर, सिटी म्यानेजर र मेयर Read सहितको सम्पूर्ण टोलीप्रति कालिका नगरपालिकाले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट