इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिका वडा ७ भालुमारामा, इच्छाकामना गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यलय तथा नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएसन, एन.पि.आई भोजाडको संयुक्त आयोजनामा नि : शुल्क पशु स्वास्थ परिक्षण तथा औषधि वितरण शिविर सम्पन्न भएको छ । उक्त शिविरबाट करिब १०० जना कृषक परिवारले सेवा लिएका छन् । शिविरमा ३८३ बाख्रा , ४५ गाई , ७८ भैसी , २२ कुकुररविरालो, ४२० कुखुरा , २३५ बंगुरलाई उपचार तथा औषधि वितरण गरिएको छ । शिविरमा गर्भ परिक्षण , रेबिज विरुद्दको खोप , गोबर परिक्षण , सूइबाट बाह्य परिजीबी विरुद्धको उपचार तथा भिटामिन , मिनिरल , जुकाको औषधि लगातयका सेवा नि : शुल्क प्रदान गरिएको पशु चिकित्सक डा. विमोचन पौडेलले बताउनुभयो ।

इच्छाकामना गाउँपालिकाको तर्फबाट वडा ७ अध्यक्ष वम बहादुर थापा मगर , पशु चिकित्सक डा. विमोचन पौडेल, रञ्जित वि.क , बसन्त के.सी , राजन घिमिरे , मोहनलाल श्रेष्ठ तथा एन.पी.आई कलेजको तर्फबाट डा.एगेन्द्र कुमार श्रेष्ठ , डा.स्याम किसोर शाह , डा. दिपक तिवारी लगायतको उपस्थिति रहेको कार्यक्रममा नेपाल भेटेरिनरी विधार्थी एसोसिएसन, एन.पि.आई को तर्फबाट अध्यक्ष मनिष खनाल , सचिव सम्सृती भुषाल तथा अन्य विधार्थीहरुको उपस्थिति रहेको थियो ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij