नवलपुर : देवचुली नगरपालिका–१५ स्थित प्रगति नगर सालघारीको दुर्गा मन्दिरमा महिला तथा बालबालिकालाई लक्षित गरी निःशुल्क स्वास्थ्य तथा क्यान्सर सचेतना शिविर भव्य रूपमा सम्पन्न भएको छ।
रोटरी क्लब अफ भरतपुर र चिल्ड्रेन क्यान्सर फाउन्डेसनको संयुक्त आयोजनामा तथा देवचुली नगरपालिका र वडा नं.१४ र १५ सँगको समन्वयमा सञ्चालन गरिएको उक्त शिविरको प्राविधिक समन्वय आर एण्ड आर मल्टिस्पेशालिटी क्लिनिक र बी।पी। कोइराला मेमोरियल क्यान्सर अस्पतालले गरेको थियो।
कार्यक्रम डा। कृष्ण सागर शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। उहाँ रोटरी क्लब अफ भरतपुरका अध्यक्षसमेत हुनुहुन्छ। कार्यक्रम सञ्चालन रोटेरियन कृष्णराज गैरे ९निर्देशक, आर एण्ड आर मल्टिस्पेशालिटी क्लिनिक० ले गर्नुभएको थियो। कार्यक्रममा वडा नं.१५ का अध्यक्ष सुरेश रानाभाट प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा डा। रेबन्त कुमार भट्टराई (पास्ट प्रेसिडेन्ट तथा डिस्ट्रिक्ट ३२९२) का संयुक्त सचिव को उपस्थिति रहेको थियो। रोटरी क्लबका प्रेसिडेन्ट नोमिनी डा. बिनोद खन्ना तिमिल्सिनाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
शिविरबाट करिब ३०० भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्। यसअन्तर्गत १६० जनाको स्तन क्यान्सर परीक्षण गरिएकोमा ७ जनामा शंकास्पद समस्या देखिएकाले थप परीक्षणका लागि रिफर गरिएको छ। त्यस्तै १०५ जनामा पाठेघरको मुखको क्यान्सर (भिआइए) परीक्षण गरिएकोमा ४ जनामा पोजिटिभ र ५ जनामा अस्वस्थ सर्भिक्स देखिएकाले थप उपचारका लागि रिफर गरिएको आयोजकले जनाएको छ। साथै वडा न.१५ का करिब ५० जना बालबालिका तथा वयस्कहरूले अन्य स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका थिए।
शिविरसँगै करिब ३०० जना महिलालाई पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा बाल क्यान्सरको जोखिम, रोकथाम र प्रारम्भिक पहिचानसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममा सविता पन्थी र डा. कृष्ण सागर शर्माले सहजीकरण गर्नुभएको थियो।
त्यसैगरी डा। कृष्ण सागर शर्मा, डा. प्रदीप न्यौपानेलगायत चिकित्सक टोलीले आमा तथा बालबालिकाको स्वास्थ्य परीक्षण गरी ६० भन्दा बढी बिरामीलाई आवश्यक उपचार सेवा प्रदान गरेका थिए।
कार्यक्रमका वक्ताहरूले समाजमा विद्यमान स्वास्थ्य समस्याहरूको पहिचानमा यस्ता निःशुल्क
शिविरहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आयोजक संस्थाहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा रोटरी क्लब अफ भरतपुरका काउन्सिल चेयर भोला जोशी, प्रथम उपाध्यक्ष राम बस्नेत, द्वितीय उपाध्यक्ष डा। प्रदीप न्यौपाने, कोषाध्यक्ष बद्रीनाथ पोखरेल, सेवा परियोजना संयोजक राजेन्द्र चापागाईं, सदस्यता संयोजक दिलीपकुमार श्रेष्ठ, रोटेरियन डा. वीरेन्द्र तिमिल्सिना, रोटेरियन नरेन्द्र रामदाम, फर्स्ट लेडी सविता पन्थी, एनेट आदिश पौडेललगायतको सहभागिता रहेको थियो।
त्यसैगरी आरोग्य क्लिनिकका निर्देशक नारायण भण्डारी, स्वास्थ्यकर्मी दीक्षा, आमा समूहका नेतृ अस्मिता गैरे, सीता सुवेदीलगायत स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। पाठेघरको मुखको क्यान्सर परीक्षणमा बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका नर्सिङ टोली—विष्णु अधिकारी, तारा दवाडी, शर्मिलामिजार, कृपा पौडेल र अञ्जना अधिकारी—को सक्रिय सहभागिता रहेको थियो।
स्थानीय आमा समूहहरूको पहलमा आयोजना गरिएको यस कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै क्यान्सरजस्ता गम्भीर रोगहरूको प्रारम्भिक चरणमै पहिचान र रोकथाममा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij