Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बीमाबाट स्वास्थ्य सेवा लिनेलाई भेदभाव गर्न नपाइने, औषधि अस्पतालमै अनिवार्य

बीमाबाट स्वास्थ्य सेवा लिनेलाई भेदभाव गर्न नपाइने, औषधि अस्पतालमै अनिवार्य

काठमाडौँ :  स्वास्थ्य बीमामार्फतको सेवा लिँदा सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमितलाई औषधि किन्न लगाए र बीमाको सेवा भन्दै भेदभावपूर्ण व्यवहार गरे बीमा बोर्डले कारवाही गर्ने भएको छ। 

बोर्डले आज सबै सेवा प्रदायिक स्वास्थ्य संस्थाको लागि जारी गरेको सूचनामा गर्दै बीमा प्याकेजभित्र पर्ने औषधि बाहिर किन्न लगाए र बिमाको सेवा लिएका बिरामीलाई भेदभाव गरेमा सो सेवा प्रदायक स्वास्थ्य संस्थासँग भएको सम्झौता नै रद्द गर्न सकिने समेत जनाएको छ। 

'केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमितलाई स्वास्थ्य बीमामार्फत सेवा लिन अग्रिम समय लिनुपर्ने तथा बीमितप्रति भेदभावपूर्ण व्यवहार गर्ने गरेको गुनासो प्राप्त भएको हुँदा बोर्डको गम्भीर ध्यानाकर्षण हुनका साथै यस्ता गतिविधि फेरि दोहोरिएमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा बमोजिम कारबाही गर्नुका साथै दफा १२ बमोजिम सम्झौता रद्द गरिने व्यहोरा समेत जानकारी गराइन्छ', बोर्डले जारी गरेको सूचनामा भनिएको छ।

त्यस्तै, बोर्डले बीमा मार्फत सेवा लिन आउने बिरामीहरूलाई अग्रिम समय लिन बाध्य पार्ने र अन्य बिरामीको तुलनामा भेदभावपूर्ण व्यवहार गर्ने गरेकोप्रति समेत ध्यानाकर्षण भएको समेत बोर्डले जनाएको छ। 

यस्तै औषधि, औषधिजन्य सामग्रीहरू तथा सम्पूर्ण सेवाहरूको दररेट बीमा सुविधा थैलीमा उल्लेखित दररेट भन्दा कम भएमा अस्पतालकै न्यूनतम दरमा दाबी गर्नुपर्ने व्यवस्था रहेको र सो दाबीहरू एपीआई मार्फत बीमा व्यवस्थापन सूचना प्रणालीमा क्लेम गर्न मिल्ने भएकाले सोही अनुसार अनिवार्य कार्य गर्न समेत बोर्डले सेवा प्रदायिक स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट