Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन चितवनको ध्यानाकर्षण

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन चितवनको ध्यानाकर्षण

भरतपुर : नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला समन्वय समिति चितवनले विभिन्न संचारमाध्यम तथा सामाजिक संजालमा प्रकाशन तथा प्रशारण भएका समाचारहरुमा लेखापढी कानुन व्यवसायीहरुलाई विचौलिया शब्द प्रयोग भएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

समितिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यहि चैत्र १९ गते बिहिवार अनुसन्धानको लागि भन्दै लेखापढी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको विषयमा विभिन्न संचारमाध्यममा प्रकाशन प्रशारण भएकका समाचारमा विचौलियाको संज्ञा दिईएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

सम्मानित अदालतबाट अर्धन्यायिक निकायहरुमा काम गर्नका लागि प्रमाण–पत्र प्राप्त गरी नेपाल सरकारको नियमानुसार सम्बन्धित मालपोत कार्यालयबाट भू–सेवा अनुमति प्रमाण–पत्र प्राप्त गरी आन्तरिक राजस्व कार्यालयबाट पान नम्बर लिई नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन मार्फत भू–सेवा सञ्चालकहरुले मालपोत कार्यालयको सूचना अनुसार आफ्नो परिचय खुल्ने परिचय–पत्र लगाई सेवाग्राहीहरुको सेवा प्रवाह गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनबाट सादा पोषाकमा खटिएका प्रहरीहरुले १६ जना व्यवसायीहरुलाई पक्राउ गरेको जनाउँदै विज्ञप्तिमा निजहरुलाई अनुसन्धानबाट निशर्त रिहाई गरिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट