Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

एमालेकी लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने दलहरुबीच सहमति

एमालेकी लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने दलहरुबीच सहमति

काठमाडौं : राष्ट्रिय सभा उपाध्यक्षमा एमाले सांसद लिला भण्डारीलाई अगाडि बढाउने निर्णय भएको छ । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालको कार्यकाल सकिएपछि सो पद रिक्त थियो । रिक्त उपाध्यक्ष पदका लागि उम्मेदवारी दिन आइतबार २ः३० देखि ३ः३० बजेसम्मको समय दिइएको थियो ।

प्रतिनिधिसभाको चुनावमा रास्वपाले दुई तिहाइ बहुमत ल्याए पनि राष्ट्रियसभाको एक जना पनि सांसद उपस्थित छैनन्। चुनावमा बढारिएका कांग्रेस, एमाले र नेकपाले राष्ट्रियसभामा सहमतिका साथ अघि बढ्ने निर्णय गरेका हुन्।

जसअनुसार दलहरुले एमालेकी भण्डारीलाई अघि बढाउने सहमति भएको हो । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच जुटेको सहमति बमोजिम एमालेकी भण्डारीले अहिले मनोनयन दर्ता गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट