Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

जसपा कार्यालयमा महन्थ ठाकुरसहित नेताबिच छलफल

जसपा कार्यालयमा महन्थ ठाकुरसहित नेताबिच छलफल

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालको पार्टी कार्यालयमा शनिबार दिउँसो पार्टीका संरक्षक महन्थ ठाकुरसहित शीर्ष नेताबिच समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको हारको समीक्षा तथा मधेसी दलबिचको एकताका विषयमा छलफल केन्द्रित रहेको थियो ।छलफलमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रकम चेम्जोङ, पूर्वप्रदेश प्रमुख एवं मन्त्री उमाकान्त झा, पूर्वमुख्यमन्त्रीद्वय लाल बाबु राउत र जितेन्द्र सोनल, कार्यकारिणी सदस्य प्रकाश अधिकारी, डा सुरेन्द्र कुमार झा, खालिद शिद्दिकी, विनोद सिंहलगायतको उपस्थिति रहेको थियो । 

बैठकमा मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जसपा नेपालले अपेक्षाअनुसारको नतिजा ल्याउन नसक्नुका कारणहरूमाथि गम्भीर समीक्षा गरिएको बुझिएको छ । पार्टीको कमजोर प्रदर्शनले भविष्यमा मधेस केन्द्रित दलहरूको भूमिका र एकताबद्ध प्रयासको आवश्यकतामाथि जोड दिएको थियो । छलफलमा सहभागी नेताहरूले मधेसी दलहरूबिचको एकताका विषय उठाएका थिए । आगामी दिनमा मधेसी दलहरूबिच एकताका लागि थप पहल गर्ने विषयमा पनि अनौपचारिक कुराकानी भएको स्रोतले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट