Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कात्तिक १५ गतेको सम्झौता कार्यान्वयन गर्न स्वास्थ्य संस्थाहरूलाई मन्त्रालयको अनुरोध

कात्तिक १५ गतेको सम्झौता कार्यान्वयन गर्न स्वास्थ्य संस्थाहरूलाई मन्त्रालयको अनुरोध

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८२ कात्तिक १५ गते भएको सम्झौता पूर्ण रुपमा कार्यान्वयन गर्न सम्बन्धित सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ । शनिबार सामाजिक सञ्जालमार्फत एक सूचना जारी गर्दै मन्त्रालयले सो अनुरोध गरेको हो ।

सो सम्झौताअनुसार निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिक र सेवा सुविधाहरू उपलब्ध गराउने कार्य कार्यान्वयनको अन्तिम चरणमा रहेको समेत मन्त्रालयले जनाएको छ । तर केही स्वास्थ्य संस्थाहरूले उक्त सम्झौता पालना नगरेको भनी गुनासो प्राप्त भएको सूचनामा उल्लेख छ । 

साथै यस विषयमा नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा सम्झौता पालना नभएको पाइएमा आवश्यक कानुनी वा प्रशासनिक  कदम चालिने समेत सम्बन्धित सरोकारवालाहरुलाई मन्त्रालयले जानकारी गराएको छ ।    

Capture

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij