Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

'अनुसन्धानको प्रहरी हुँ' भन्दै अपहरण गर्ने व्यक्ति गौशालाबाट पक्राउ

'अनुसन्धानको प्रहरी हुँ' भन्दै अपहरण गर्ने व्यक्ति गौशालाबाट पक्राउ

भक्तपुर :आफूलाई राष्ट्रिय अनुसन्धान विभागको प्रहरी अधिकारी बताउँदै एक व्यक्तिको अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका वडा नं. ३ घर भएका ५३ वर्षीय दीपक खड्का रहेका छन् ।

गत माघ २८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ बस्ने ४७ वर्षीय पूर्ण बहादुर थापाको घरमा पुगेर खड्काले आफू 'अनुसन्धान विभागको प्रहरी' भएको भनी परिचय दिएका थिए। उनले थापालाई होटलमा पुर्‍याई डर, धाक र धम्की देखाएर अपहरण तथा शरीर बन्धक बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

फरार रहेका खड्कालाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका-८ गौशाला क्षेत्रबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले पक्राउ परेका खड्कामाथि 'अपहरण तथा शरीर बन्धक' कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ। अदालतबाट म्याद थप गरी उनीमाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट