भरतपुर : चितवनमा क्रियाशिल पत्रकारहरुलाई ‘पत्रकारितामा एआईको प्रयोग’ सम्बन्धि तालिम प्रदान गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको आयोजना एवम् नेपाल पत्रकार महासंघ बागमती प्रदेश र जिल्ला शाखा चितवनको सहकार्यमा आयोजित दुई दिने क्षमता अभिबृद्धि तालिम बिहीबार सम्पन्न भएको हो ।
तालिमका प्रशिक्षक एवम् गोरखापत्र दंैनिकका सह–सम्पादक अजय शर्माले पत्रकारका लागि डिजिटल साक्षरण र पत्रकारितामा एआईको प्रयोग सम्बन्धि प्रशिक्षण दिए । पत्रकाहरुले प्रविधिको विकाससँगै आफ्नो क्षमता विकास गर्नुपर्ने भन्दै उनले एआई मार्फत समाचार लेखन, समाचारवाचन, फोटो÷भिडियो सामाग्री उत्पादन गर्ने तरिका सिकाए ।
प्रशिक्षक राजन गौतमले सुरक्षित ‘सर्च इन्जिन’ र त्यसका प्रकार, एआईमा स्पष्ट निर्देशन दिने ‘प्रम्प्ट’ लगायतको विषयमो प्रशिक्षण दिएका थिए । बुधबार तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले पत्रकारलाई ज्ञान हासिल गर्ने अवसर प्रदान गरेकामा बागमती प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, महासचिव राधेश्याम खतिवडा, पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुली लगायत सहभागी थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij