Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

प्रतिनिधि सभा बैठक सुरु हुनासाथ एमालेको अवरोध, ओली र लेखकलाई तत्काल रिहा गर्न माग

प्रतिनिधि सभा बैठक सुरु हुनासाथ एमालेको अवरोध, ओली र लेखकलाई तत्काल रिहा गर्न माग

काठमाडौं : गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि संसद्को पहिलो अधिवेशन सुरु हुनासाथ नेकपा एमालेले अवरोध गरेको छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक हुनासाथ एमाले सांसद गुरु बराल उठेर विरोध जनाएका हुन् ।

उनले विरोध जनाएपछि सभामुख अर्जुनरसिंह के।सी।ले उनलाई बोल्न समय दिएका थिए । सो क्रममा सांसद बरालले संविधान विपरीत नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकलाई गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।

'यो गम्भीर आपत्तिको विषय हो । यस विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । सरकारले अहिले निर्मम दमन गरिरहेको छ । आजै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दछौँ,' उनले भने । उनले ओली र लेखकलाई मुलुकी कार्यविधिको दफा १८१ र १८२ को गलत ढंगले प्रयोग गरेर बन्दी बनाइएको समेत आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट