काठमाडौं : रास्वपा सांसद आशिष गजुरेल साइकल चढेर संसद भवन गएका छन् । सार्वजनिक यातायात पूर्वाधार विज्ञसमेत रहेका गजुरेल निर्वाचनपछिको पहिलो संसद बैठकमा सहभागी हुन साइकल चढेर सिंहदरबार गएका हुन् ।
दौरा सुरुवाल लगाएका उनी माउन्टेन बाइक चढेर सिंहदरबारस्थित संघीय संसद भवन गएको फोटो सार्वजनिक भएको छ । उनले सम्भव भएसम्म हिँड्न, नभए सार्वजनिक यातायात चढ्न सुझाव समेत दिएका छन् । उनी सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन् ।
अनलाइनखबरसँग कुरा गर्दै गजुरेलले निजी सवारी साधनको प्रयोग घटाउँदै वातावरण प्रदूषण न्यूनीकरण गर्ने र सुरक्षित सार्वजनिक यातायात प्रयोगलाई प्रवर्द्धन गर्ने आफ्नो पहिलेदेखिकै एजेण्डा भएकाले त्यही सन्देश दिनका लागि साइकल चढेर संसद भवन गएको बताए ।
सार्वजनिक यातायात र साइकल प्रयोगलाई प्रोत्साहन गर्ने हो भने डिजेल पेट्रोलमा बाहिरिने रकम जोगिने र प्रदूषण पनि कम हुने उनको भनाइ छ । ‘यी कुरा पहिले मैले सडकबाट आवाज उठाउँथेँ । अब संसदबाट त्यो सन्देश दिन चाहान्छु,’ उनले भने ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij