Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

२७ दिनपछि इनिशाको शव बुझ्न परिवार तयार, आज दाहसंस्कार

२७ दिनपछि इनिशाको शव बुझ्न परिवार तयार, आज दाहसंस्कार

सुर्खेत : सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा २७ दिनपछि परिवारले शव बुझ्न सहमति जनाएको छ। जिल्ला अदालत सुर्खेतले बलात्कार र हत्या आरोपमा संलग्न चार जना अभियुक्तलाई बाल सुधार गृहमा पठाउने आदेश दिएपछि परिवार शव बुझ्न तयार भएको हो।

परिवारका अनुसार बिहीबार भेरी पुल नजिकको सम्झिघाटमा इनिशाको दाहसंस्कार गरिने तयारी गरिएको छ।

वीरेन्द्रनगर नगरपालिका–१ क्षेत्रमा गत फागुन २३ गते इनिशा मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक रूपमा घटनालाई शंकास्पद मानिए पनि पछि बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइएको थियो।

घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विभिन्न चरणमा प्रदर्शनसमेत भएका थिए। पोस्टमार्टम रिपोर्ट, डिजिटल प्रमाण तथा अन्य तथ्य संकलनमा समय लागेका कारण शव लामो समयसम्म अस्पतालमै राखिएको थियो।

प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि मात्रै परिवारले शव बुझ्ने सहमति जनाएको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट