Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

प्रतिनिधिसभा बैठकमा तीन वटा अध्यादेश पेस गर्दै गृहमन्त्री गुरुङ

प्रतिनिधिसभा बैठकमा तीन वटा अध्यादेश पेस गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं : संघीय संसद्को प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । दिउँसो २ बजे सुरु हुने बैठकमा सरकारका तर्फबाट महत्वपूर्ण अध्यादेशहरू प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

बैठकको सम्भावित कार्यसूचीअनुसार गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश पेश गर्ने कार्यक्रम रहेको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार कार्यसूचीको बुँदा नम्बर ७ अन्तर्गत ती अध्यादेश प्रतिनिधि सभामा पेश गरिनेछन्।

पेश गरिने अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट