Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम पुनः सुरु गर्ने

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम पुनः सुरु गर्ने

काठमाडौँ : निर्वाचन आयोगले स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम २०७९ चैत २२ गतेदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा गत मंसिर ६ गतेदेखि स्थगन गरिएको यो कार्यक्रम आयोगको चैत १८ गतेको बैठकबाट निर्णय गरिएको हो । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकले अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्नेछन् । यद्यपि, परिचयपत्र प्रणालीमा आबद्ध नभएका वा परिचयपत्र नभएका नागरिकले भने अनलाइन फारम भरी फोटो र औँठाछापसहित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित हुनुपर्नेछ । 

नामावलीमा नाम, थर, ठेगाना सच्याउने, मतदानस्थल सार्ने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्ने लगायतका कार्यका लागि पनि अनलाइनबाटै आवेदन दिन सकिने आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् । आयोगले यस कार्यमा सबैको सहयोगका लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट